विप्लवको कृषि क्रान्तिस् स्याउ खेतीदेखि भेडापालनसम्म


जुम्ला । प्रभावशाली तथा आक्रामक नेताका रूपमा चिनिने नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय नयाँ अभियानमा होमिएका छन्। माओवादी विभाजनपछि २०७१ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० गठन गरेका विप्लवले अहिले राजनीति मात्र नभई कृषि र औद्योगिक क्षेत्रमा समेत आफ्नो ध्यान केन्द्रित गरेका छन्।

उनको नेतृत्वको नेकपाले हिंसात्मक गतिविधिको आरोपमा २०७५ फागुन २८ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो।

भूमिगत जीवन बिताएका विप्लव २०७७ फागुन २१ गते सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भए। त्यसयता, उनले गृहजिल्ला कपिलवस्तुको शिवगढीमा सामूहिक कृषि खेती सुरु गरे।

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता’ नारासहित नेकपा अहिले कर्णालीका बाँझो जमिनमा खेती अभियानमा सक्रिय छ। जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडापालन अभियान सञ्चालन भइरहेको छ।

गत फागुन ११ गते जुम्लाको हिमा गाउँपालिका–७, धौलापानीमा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ। यसका लागि सहिद परिवारकी कृष्ण कौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिइएको छ।

कालिकोटमा गत फागुन १२ गते तिला गुफानगरपालिकास्थित फोईमा १ हजार स्याउ र ५ सय दाँते ओखर रोपिएको छ। नेकपाले गत वर्ष पनि त्यहाँ २ हजार स्याउ रोपेको थियो। हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ।

नेकपाले कालिकोटको रुप्सा गाउँका रामबहादुर बोहोराबाट २० लाखमा ९० भेडा खरिद गरेको थियो। हाल भेडाको संख्या १ सय १८ पुगेको छ। ती भेडाको रेखदेख ध्रुव सीको अध्यक्षतामा पाँच जनाको टोलीले गरिरहेको छ। शनिबार मात्रै विप्लवले त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन्।

विप्लवले नेपाली युवाहरूलाई खाडीका मरुभूमीमा श्रम बेच्नुभन्दा स्वदेशमै श्रम गरौं, उत्पादन बढाऔं भन्दै कृषि र पशुपालनमा लाग्न आह्वान गरे। ‘राजनीति मात्र गरेर हुँदैन, उत्पादनसँग जोड्नुपर्छ,’ उनले भने, ‘हिमालमा स्याउ, जडीबुटी, ओखर, पहाडमा सुन्तला, तराईमा धान, तरकारी तथा फलफूल उत्पादनमा जोड दिनुपर्छ।’

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको आरोप लगाउँदै उनले सबै पार्टीले उत्पादन वृद्धिका लागि योजना ल्याउनुपर्ने बताए। ‘हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा केन्द्रित हुनेछ,’ उनले भने।

कर्णालीका विभिन्न जिल्लामा कृषि क्रान्तिको अभियान सञ्चालन गरेका विप्लव आइतबार काठमाडौं फर्किएका छन्।

विप्लवको कृषि क्रान्तिस् स्याउ खेतीदेखि भेडापालनसम्म

हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध, पर्यटक अलपत्र

विप्लवको कृषि क्रान्तिस् स्याउ खेतीदेखि भेडापालनसम्म

सुरक्षा र स्वतन्त्रता लोकतान्त्रिक शासनको महत्व हुन्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *