दसैंतिहारमा दुर्घटना कम गर्नः नागरिक सहायता कक्ष


जुम्लाको चन्दननाथ नगरपालिका–६ पर्ने बसपार्कमा नागरिक सहायता कक्षा संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ ।

दसैंतिहारमा कुनै पनि यात्रुले सास्ती नपाउन् र दुर्घटनाको जोखिम कम गर्ने उदेश्यले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नागरिक सहायक कक्ष सञ्चालनमा आएको घोषणा गरेका थिए ।

उनले भने,‘सडक दुर्घटना न्यूनीकरण,चोरी डकैती रोकथाम तथा यात्रुहरुको सुरक्षाको लागि नागरिक सहायता केन्द्र सञ्चालनमा आएको छ । नागरिक सहायता केन्द्रको माध्यमबाट सचेतना फैलाउन र कुनै पनि नागरिकको गुनासो संवोधन गर्ने प्रयास हुनेछ ।’

योसंगै सचेतनामुलक पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई अनिवार्य सीट बेल्ट बाककध्न लगाउने देखि क्षमता भन्दा बढी यात्रु राख्न नदिने जस्ता गतिविधि सहायता केन्द्रबाट गरिने प्रहरीकार्यालय जुम्लाका डिएसपी छेदीलाल कामतीले बताए ।

उनले मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गर्न, हेलमेट प्रयोग गरेर मोटरसाइकल तोकिएको गतिमा चलाउन समेत आग्रह गरे । तीब्र गति भनेको जीवनको क्षति हो, प्रहरी नायब डिएसपी कामतीले भने, ‘भिडभाड हुने स्थानमा प्रहरी परिचालन गर्ने र संभावित दुर्घटनास्थल पहिचान गरेर सचेतना फैलाउने योजना छ ।’

आफ्नो घर, पसल तथा धनमालको चोरी हुनबाट जोगाउन उच्च सावधानी अपनाउन समेत नागरिक सहायता केन्द्रले सचेत गराएको छ । घरमा सीसी क्यामराको जडान गर्ने, आपतकालीन साइरनदेखि रातिको समयमा उज्यालोको व्यवस्था गर्नुपर्ने प्रहरीले जनाएको छ ।

घरमा सकेसम्म कुकुर पाल्ने, मुख्य प्रवेशद्वार राम्ररी बन्द गर्ने, घरमा धेरै नगद रकम र गरगहना नराख्ने, घरमा काम गर्ने भाडामा बस्ने व्यक्तिहरुको फोटो र स्पष्ट ठेगाना र सम्पर्क नम्बर राख्ने, अपरिचत व्यक्तिलाई घरभित्र प्रवेश नगराउने र भिडभाड तथा मेला पर्वहरुमा जाककदा बहुमूल्य गरगहना नलगाउन समेत सचेत गराइएको जुम्ला प्रहरीले जनाएको छ ।

दसैंतिहारमा दुर्घटना कम गर्नः नागरिक सहायता कक्ष

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

दसैंतिहारमा दुर्घटना कम गर्नः नागरिक सहायता कक्ष

खलंगामा चंगा महोत्सव