राष्ट्रपतिबारे प्रचण्ड–ओली आ–आफ्नै अडानमा, छलफल निष्कर्ष विहीन

काठमाडौं,१० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता निष्कर्षविहीन भएको छ। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र ओलीबीच बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो। तर प्रचण्ड र ओली आ–आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको छ।

‌
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भएपछि ठोस निर्णय हुन सकेको छैन। ओलीले पूर्वसहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राखेका छन्। सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन्।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’सहमति भएपनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ। पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो। कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन्।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’सहमति भएपनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति निरन्तर दिइरहेका छन्।

पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उनी कांग्रेसतिर ढल्किइरहेका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आज मतदाता नामावली प्रकाशित भइरहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।

अन्नपुर्ण 

राष्ट्रपतिबारे प्रचण्ड–ओली आ–आफ्नै अडानमा, छलफल निष्कर्ष विहीन

आत्महत्या दुरुत्साहन आरोपमा हुम्लामा एक जना पक्राउ

राष्ट्रपतिबारे प्रचण्ड–ओली आ–आफ्नै अडानमा, छलफल निष्कर्ष विहीन

नेशनल  लाईफकाे स्थापना दिवसमा  प्रशान्ति वृद्धाश्रममा भाेजन 

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!