आत्महत्या दुरुत्साहन आरोपमा हुम्लामा एक जना पक्राउ

हुम्ला,१० फागुन  ।

हुम्लाको सिमकोटमा एक जना महिलाले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । सिमकोट गाउँपालिका १ नं वडामा ३२ वर्षीया कुण्डल लामा तिन दिनअघि हुम्लामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्।

माइती पक्षले आफ्नी छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतककाका श्रीमान् गोवीन्द कामीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौघरीले जानकारी दिए ।

‘जाहेरीपछी उनलाई नियन्त्रणमा लिईएको छ । उनलाई पक्राउ गरेसँगै आत्महत्या दुरुत्साहनमा अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद लिएको छ।’ जनता मिडियासँग उनले भने कामीले आफ्नो राम्रो ठाउँमा जागिर रहेको भन्दै थरसमेत ढाँटेर छोरीसँग बिहे गरेको माइती पक्षको आरोप रहेको छ।

आत्महत्या दुरुत्साहन आरोपमा हुम्लामा एक जना पक्राउ

डा. सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!