अधुरै रह्याे ‘कम्पाउन्डवाल’ : संरक्षण पर्खदै काँक्रेविहार
पुनम वि.सी.
सुर्खेत, १० फागुन ।
काँक्रेविहार संरक्षण क्षेत्र वरिपरि ‘कम्पाउन्ड वाल’ निर्माण प्रक्रिया सकसमा देखिन्छ । गत आर्थिक वर्षदेखि नै शुरु भएको कम्पाउन्ड वाल निर्माण प्रक्रियामा हाल सडक क्षेत्र विषयका कारण अधुरै रहने सम्भावना बढेको हो ।
यसअघि काँक्रेविहार जंगल क्षेत्रको सीमा छोडेर कम्पाउण्ड वाल निर्माण गरेको भन्दै सुर्खेतको उच्च अदालतमा अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदन उपर फैसला गर्दै अदालतले काँक्रेविहारको सीमाबाटै पर्खाल लगाउन आदेश दिएको थियो ।
काँक्रेविहार वरपर सीमा परिधिमा यसअघि नै कच्ची बाटो निर्माण भएको थियो । काँक्रेविहार परिसर भ्रमणका लागि निर्माण भएको यो बाटोलाई स्थानइीहरुले समेत प्रयोग गर्ने गरेका छन् । नजिक रहेका चौधरी समुदायलगायतका स्थानइीले यसै बाटोलाई प्रयोग गर्ने गर्छन् ।
अर्को, एयरपोर्ट चोकदेखि सानोसुर्खेत जोड्ने पक्की बाटो समेत काँक्रेविहार क्षेत्र हुँदै जान्छ । यो सडकमा काँक्रेविहार क्षेत्रको समेत जग्गा पर्ने भएकाले अहिले डिभिजन वन कार्यालयलाई आदेश कार्यान्वयनमा समेत समस्या उत्पन्न भएको छ । काँक्रेविहार क्षेत्रको जग्गा प्रयोग भएर पक्की सडक निर्माण भईसकेको छ । यस अवस्थामा पक्की सडकको बीचबाट कम्पाण्ड वाल निर्माण गर्न समेत गाह्रो छ ।
यीलगायत अन्य स्थानमा काँक्रेविहारको सडकलाई प्रयोग गर्दै जग्गा व्यवसायीले जग्गा प्लटिङ्ग गरेको विषयमा समेत आलोचना भएको थियो । ‘आधा बाटो काँक्रेविहारले छोड्छ, र आधा आपूmले’ भन्दै जग्गा व्यवसायीले प्लटिङ्ग गर्न थालेपछि डिभिजन वन कार्यालय समेत नागरिकको आरोपमा मुछिएको थियो ।
चालू आर्थिक वर्ष २०७९÷०८० मा समेत कर्णाली प्रदेश सरकारले डिभिजन वन कार्यालय, सुर्खेतका लागि काँक्रेविहार वरिपरि कम्पाउन्ड वाल निर्माणतर्फ एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । हालसम्ममा यो बजेट समेत खर्च हुने सम्भावना भने देखिदैन ।
काँक्रेविहारमा कम्पाण्ड वाल निर्माणका लागि औपचारिक तथा अनौपचारिक छलफलहरु चलिरहेको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावत बताउँछन् । ‘वाल निर्माण प्रक्रिया अघि बढाउन सकिएको छैन् । उनले भने, ‘तर यस विषयमा हामीले छलफल चलाई राखेका छौँ ।’
यसअघि महादेव खिम्ति हिराचन (केएसके) ज्वाइन्ट भेञ्चर कम्पनीले कम्पाण्ड वाल निर्माणका लाागि ठेक्का पाएको थियो । अदालतमा रिट निवेदन पर्नुअघि कम्पनीले केहि काम समेत गरिसकेको छ । कुल ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
हालको समयमा भने निर्माण कम्पनीका लागि म्याद थप, पुरानो कामको लागत मूल्यांकन, नाागरिकका लागि बाटोको वैकल्पिक व्यवस्थाका विषयमा डिभिजन वन कार्यालयले ठोस निर्णय लिन भने सकिरहेको छैन । ‘म्याद थप तथा बाटोको वैकल्पिक व्यवस्थालगायतका विषयमा कानूनी उपाय खोजिरहेका छौँ ।’ रावत भन्छन्, ‘यी विषयमा अहिले औपचारिक तथा अनौपचारिक छलफल चलिरहेको छ ।’
अस्तित्व जोखिममा जरायो
काँक्रेविहार संरक्षण क्षेत्रमा कम्पाण्ड वाल निर्माणको विषय जंगली जनावरको सुरक्षामा समेत जोडिएको छ । काँक्रेविहार क्षेत्र जरायोको प्रमुख वासस्थान मानिन्छ । हाल काँक्रेविहारमा जरायोसहित मृग, खरायो, स्याल, दुम्सीलगायतका जनावर र अन्य पशुपंक्षीहरू पाइन्छन् ।
तर आसपासका क्षेत्रमा बढ्दो मानव वस्ती र काँक्रेविहारमा समेत जरायोलगायतका जनावरको संख्या वृद्धि भएसँगै जंगली जनावर समेत थप असुरक्षित बनेका भने छन् । काँक्रेविहार जंगलमा जरायो, मृत, बँदेल गरी १०÷१५ वटा जंगली जनावारहरु रहेको अनुमान गरिएपनि हालसम्म गणना भने भएको छैन ।
गत वर्षको साउन यता मात्र दुई वटा जरायोको मृत्यु भएको छ । स्थानीयले खबर गरेपछि साउन २२ गते र २८ गते डिभिजन वन कार्यालयको टोलीले मृत जरायो फेला पारेको थियो । काँक्रेविहार क्षेत्रको उत्तरतर्फ रहेको बुदबुदी गाउँ क्षेत्रमा ती जरायो फेला पारिएको हो । काँक्रेविहारमा निर्माण गरिने भनिएको कम्पाउण्ड वालले जंगली जनावर संरक्षणमा तगारो बन्ने थियो । जंगली जनावरलाई संरक्षण क्षेत्र बाहिर आउन नदिनुका साथै जंगलको संरक्षणका लागि कम्पाण्ड वाल अझैंपनि आवश्यक छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न नेपालमा लकडाउन लागेकै अवस्थामा पहिलो तीन महिनामा काँक्रेविहार आसपासमा तीन वटा जरायो मृत अवस्थामा पेला परेका थिए । यी तीन वटै जरायो चोर शिकारीले गोली हानेर मारेका थिए। सो समयमा तीन वटा जरायो गोली लागेर मृत्यु भएको भेटिएको डिभिजन वन कार्यालयको तथ्यांक छ । वीरेन्द्रनगर–९ पातलगंगा क्षेत्र, वीरेन्द्रनगर–१० घुस्रा क्षेत्र र कुन्टी गाउँ क्षेत्रमा जरायोहरु गोली लागि मृत अवस्थामा फेला परेका थिए ।





