आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ

हुम्ला, ९ फागुन ।

तीन दिनअघि आत्महत्या गरेर मृत्यु भएकी एक जना महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेको भनिएकी महिलाका माइती पक्षले छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएपछि श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले सिमकोट गाउँपालिका –१ को दोँजामा गाउँका ३२ वर्षकी कुण्डल लामाले तीन दिनअघि भाडाको घरमा बस्दैआएका बेला पासो लगाएर आत्महत्या गरेको बताउँदै मृतक लामालाई आत्महत्या दुरुत्साहन गोविन्द कामीबाट भएको माइती पक्षको जाहेरी परेपछि निज कामीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी कामीलाई नियन्त्रण लिएसँगै अदालतबाट दश दिनको म्याद थप गरेको छ । प्रहरीका अनुसार माइती पक्षबाट परेको उजुरीमा पहिले कामीले अर्कैकी श्रीमती छोरीलाई राम्रो ठाउँमा जागिर खाइरहेको र आफू ठकुरी भएको झुठो आश्वासन दिएको उल्लेख गरिएको छ ।

कामीबाट लामाले ६ महिनाकी छोरी जन्मिएकी छन् । लामाको पहिलो श्रीमानबाट चार छोरी रहेका छन् । उजुरीमा कामी र लामा भाडाको घरमा बस्दैआएको र दैनिक विवाद भइरहने र कामीका बारेमा पछि वास्तविकता थाहा पाएपछि छोरी तनावमा रहेको उल्लेख छ । फागुन ६ गते राति लामाले सुत्ने कोठामा डोरीको पासो लगाएर आत्महत्या गरेकी थिइन । हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

गाेरखापत्र 

आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ

बुद्धिचाल संघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन

अधुरै रह्याे ‘कम्पाउन्डवाल’ : संरक्षण पर्खदै काँक्रेविहार

Leave a comment

Your email address will not be published. Required fields are marked *