बुद्धिचाल संघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन

सुर्खेत,९ फागुन ।

कर्णाली प्रदेश बुद्धिचाल संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघको साधारण मंगलवार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा सम्पन्न भएको हो । संघको साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष राजेन्द्र गौतमले संघ स्थापना गर्दाको समय र आफु स्वयम अध्यक्ष भएर काम गर्दाको अवस्थालाई स्मरण गर्दै संघलाई अझै उचाइमा लैजानको लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

साथै उनले आफूले संघलाई जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको बताए । संघले कार्लमाक्सको श्रेष्ठको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको उपाध्यक्षमा गगन बहादुर शाही, सचिवमा लक्ष्मण ओली, सहसचिवमा सन्तोष बिसी, कोषध्यक्षमा अकल बहादुर शाही रहेका छन् । यस्तै सदस्यमा राजेश खड्का र चादनी थापा चयन भएकी छन् ।

संघका नवनियुक्त अध्यक्ष श्रेष्ठले पद ग्रहण गर्दै आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक पर्ने बताए । उनले आफनो बुद्धि विवेक र क्षमताले भ्याएसम्म संघको छविलाई अझै उचाईमा पुर्याउन सधैं लागिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको दोस्रो सभामा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, बुद्धिचाल संघ केन्द्रीय महासंघका प्रतिनिधि धिरने बोगटी, महासंघका केन्द्रीय सदस्य महिन्द्रा कठायत, नेपाल एथलेटिक्स केन्द्रीय उपाध्यक्ष जनक रावल लगायतले स्वागत मन्तव्य राखेका थिए ।

 

बुद्धिचाल संघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन

बहराइनका राजाबाट डा.रुइतलाई १४ करोड रुपैयाँ बराबरको

बुद्धिचाल संघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन

आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *