टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ,९  फागुन ।

७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।

टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

घुइया भाउमा सरकारी जग्गा : ३३ लाखभन्दा

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!