प्रहरी भन्छः घरभित्रै मृत फेला परेकी प्रियंकाको हत्या उनकै श्रीमानले गरे
विराटनगर, ८ फागुन ।
मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ। विराटनगर–१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा–२ पु¥याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
२९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ।
प्रहरीले रमेश, उनलाई सहयोग गरेको आरोप लागेका मोरङ कटहरी–५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। मृतकको पारिवारिक अवस्था, हत्याको कारणबारे सोधपुछ चलिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
सेताेपाटी






