सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, ८ फागुन ।

सिंहदरबारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सोमबार अपरान्ह माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीति, राष्ट्रिपति चुनावलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ। आजै माओवादी पदाधिकारी बैठक पनि पेरिसडाँडामा बस्दैछ। पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग आइतबार बेलुकी बालुवाटारमा छलफल पनि गरेका थिए। राष्ट्रपति र उपराष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन तोकिएको छ भने यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

सेताेपाटी 

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

मेचीतिर उल्टो हावा चल्यो, राष्ट्रपतिमा राष्ट्रिय सहमति

प्रहरी भन्छः घरभित्रै मृत फेला परेकी प्रियंकाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!