मादलमा सेनाको विश्व रेकर्ड

काठमाडौं,७ फागुन ।

नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे।

सेनाले संगठन स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेका हुन्।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ। दसैं, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरू विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ। वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

’नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न ग¥यो। ठूलो संख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा संग्रहित गरेका छौं,’ उनले भने।

सेताेपाटी 

मादलमा सेनाको विश्व रेकर्ड

आठ सय साठी कर्मचारी सिफारिस

मादलमा सेनाको विश्व रेकर्ड

प्रजातन्त्र दिवसमा  ताडिमा सरसफाइ तथा अनुगमन कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!