२०८२ बैशाख १८ गते
×

Now Playing

हेलिकोप्टरद्वारा उद्धार गरिएकी नन्दाको निधन

कालीकोट, ६ फागुन ।

जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरी महिलाको नौ दिनपछि आज निधन भएको छ। तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

अत्यधिक रक्तश्रापका कारण थप उपचार गर्न हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । आज उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको स्वास्थ्यसेवा कार्यालय कालिकोटमा कार्यरत प्रकाश अधिकारीले जानकारी दिए  । अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको थियो ।

उनको अप्रेशन गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको छ । स्वास्थ्यसेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले बिहान मात्र प्रदेश अस्पतालका डाक्टरसँग कुरा भएको र खतरा छ भनेपछि बिकल्प बारेमा कुरा हुँदैगर्दा दुखद खबर आएको बताए  । अप्रेशनपछि निकालिएको बच्चाको यसअघि नै मृत्यु भइसकेको थियो ।

गाेरखापत्र 

Leave a comment

Your email address will not be published. Required fields are marked *