गुर्भाकोटमा निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुदै

दिलिप ढकाल
सुर्खेत,५ फागुन ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर संचालन हुने भएको छ। गुर्भाकोट नगरपालिका र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा मिति २०७९ फाल्गुन ७ गते देखी फागुन ११ गते सम्मशिबिर संचालन हुने गुर्भाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेस कुमार पुरीले जानकारी दिए ।
गुर्भाकोट नगरपालिका ८ खैरेनी सिटि हलमा संचालन हुने निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जन–चेतनामुलक क्यान्सर स्क्रीनिङ कार्यक्रम बिहान ९ बजे देखि सन्चाल हुनेछ।

सेवाग्राहिको सुबिधालाई मध्यनजर गर्दै वडा अनुसार पालो लगाएर व्यवस्थापन गरिएकाले आफ्नो वडाको पालो परेको दिन गुर्भाकोट ८ को सिटि हलमा उपस्थिति भई सेवा लिन पनि अधिकृत पुरीले अनुरोध गरेका छन्र । जस अनुसार फाल्गुन ७ गते गुर्भाकोट ६,७ र ८ नम्बरका महिलाहरुले सेवा पाउने छन् भने फाल्गुन ८ गते गुर्भाकोट १,२,४ र ५ नम्बरका महिलाहरुले सेवा पाउने छन्।
यस्तै फाल्गुन ९ गते गुर्भाकोट ३,९,१० र ११ नम्बरका महिला हरुले सेवा पाउनेछन भने फाल्गुन १० गते गुर्भाकोटब १२,१३ र १४ नम्बर भित्रका महिला हरुले सेवा लिन सक्नेछन्। र फाल्गुन ११ गते भेरिगंगा ६,७,८ र ९ नम्बरका महिलाहरुले निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ को सेवा लिन सक्ने छन् ।






