२०८२ बैशाख १७ गते
×

Now Playing

संघीयतापछि भ्रष्टाचारको गति पनि बढ्दो : छ सय बढी मुद्धा दर्ता

सुर्खेत,५ फागुन ।

संघीयता कार्यान्वयनसँंगैै संघ, प्रदेश र स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका उजुरी पनि बढ्दैै गएका छन् । विकासको गतिसँंगै संघीयतापछि भ्रष्टाचारको गति पनि रफ्तारमा बढेको तथ्यांकले देखाउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार साउन मसान्तेदखि माघ २५ गतेसम्ममा कर्णालीमा ६ सय ९१ वटा मुद्धा दर्ता भएका छन् ।

जसमध्ये आयोगले २ सय ७१ वटा उजुरी फछ्यौट गरेको छ भने ४ सय २० वटा मुद्धा अख्तियारमै थन्किएका छन् । गत आर्थिक वर्षमा आयोगको कार्यालय सुर्खेतमा ५ सय ४२ मुद्धा दर्ता भएकोमा यस चालु आर्थिक वर्षको माघ २५ गतेसम्ममा ६ सय ९१ मुद्धा दर्ता भएका छन् ।

गत वर्ष र यस चालु आर्थिक वर्षको गरी आयोगको कार्यालय सुर्खेतमा एक हजार २ सय ३३ वटा मुद्धा दर्ता भएको तथ्याङ्गकमा उल्लेख गरीएको छ । यी मध्ये ३ सय २१ वटा उजुरीको अन्तिम किनारा लागेको छ भने ९ सय १२ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको छ ।

अख्तियार आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका १० जिल्लासहित लुम्बनी प्रदेशको पूर्वीरुकुम जिल्ला हेर्ने गरेको छ । गत आर्थिक वर्ष र यस चालु आर्थिक वर्षमा अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा धेरै सुर्खेतबाट २ सय ४० र सबैभन्दा कम पूर्वीरुकुममा १० वटा रहेका पाईएको छ ।

यस्तै जाजरकोटका १ सय ९ दैलेखका २ सय ६, मुगुका १ सय ४६, कालिकोटका १ सय ३४, र हुम्लाका ९७ वटा उजुरी परेका छन् । यस्तै, जुम्लाका ९३, सल्यान रुकुम पश्चिमका समान ६८, र डोल्पाका ६२ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शिवनाथ पौडेल जानकारी दिए । दैनिक उजुरीका चाङ लाग्दै जाने र आयोगमा जनशक्ति अभावसँंगै उजुरीकर्ताले आवश्यक कागजात समयमै उपलब्ध नगराउने र भौगोलिक विकटताका कारण उजुरी छानबिनमा समय लाग्ने गरेको अख्तियारले जनाएको छ ।

कुन स्थानिय तहमा कति ?

आयोगको कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म अर्थात माघ २५ गतेसम्म कर्णालीका ७९ पालिका मध्ये ७२ वटा पालिकामा चार सय ८१ वटा उजुरी उपर छानविन गरि रहेको छ । यो तथ्यांकले कर्णालीका स्थानीय सरकारहरु चरम बेतिथीमा छन् भन्ने तथ्य थाहा पाउन सकिन्छ ।

सुर्खेत

सुर्खेतमा चालु आर्थिक वर्षको माघ २५ गतेसम्म २८ वटा अनियमितताका उजुरी अख्तियारमा दर्ता भएका छन् । सुर्खेतका पालिकास्तरमा सबैभन्दा बढी अनियमितता गुर्भाकोट नगरपालिकामा भएको देखिन्छ । यस नगरपालिकामा २२ वटा अनियमितताका उजुरी अख्तियारमा परेकोमा ८ वटा उजुरी फछ्यौट भएका छन् ।

यस्तै भेरीगंगा नगरपालिकामा ८ उजुरी परेकोमा ३ वटा पञ्चपुरी नगरपालिकामा ९ उजुरी परेकोमा ३ वटा, लेकवेशी नगरपालिकामा ७ वटा चौकुने गाउँपालिकामा ४ वटा उजुरी परेकोमा ३ वटा मुद्धा फछ्यौट भएका छन् । यस्तै, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकामा ४–४ सिम्ता गाउँपालिकाबाट एक वटा उजुरी परेकोमा १ वटा मुद्धा फछ्यौट भएको अख्तियार कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेख

दैलेखका ११ स्थानीय विरुद्ध ९६ वटा उजुरी अख्तियार कार्यालयमा दर्ता भएका छन् । नारायण नगरपालिकाका २३, भैरबी गाउँपालिकाका १५, गुराँस गाउँपालिकाको १९, नौमुले गाउँपालिकाको दुई, दुल्लु नगरपालिकाको ६, महावु गाउँपालिकाको पाँच, आठविस नगरपालिकाको सात, चामुण्डाविन्द्रसैनी नगरपालिकाका सात, भगवतीमाइ गाउँपालिकाका पाँच, ठाँटिकाध गाउँपालिकाको पाँच र डुङ्गेश्वर गाउँपालिकाको दुई वटा भ्रष्टाचारका उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएका छन् ।

जाजरकोट

जाजरकोटका सात वटा पालिका मध्य सबै पालिकाका ४३ वटा उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिकाका सात, छेडागाँड नगरपालिकाका ६, कुशे गाउँपालिकाका तीन, शिवालय गाउँपालिका, भेरी नगरपालिकाका र नलगाड नगरपालिकाका सात–सात, बारेकोट गाउँपालिकाका ६ उजुरी अख्तियारमा दर्ता भएका छन् ।

कालिकोट

कालिकोटका नौं स्थानीय तह मध्ये सबै स्थानीय तहका उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाका नौं स्थानीय तहका कुल ५४ वटा उजुरी अख्तियारमा छन् । खाँडाचक्र नगरपालिकामा १३ वटा, सान्नीत्रिवेणी गाउँपालिकामा ९, रास्कोट नगरपालिकामा ९, पलाता गाउँपालिकामा ५, शुभकालिका गाउँपालिकामा ४, पचालझरना गाउँपालिकामा १, तिलागुफा नगरपालिकामा ६, नरहरीनाथ गाउँपालिकामा ४, महावै गाउँपालिकामा तीन वटा भ्रष्टाचार सम्वन्धि उजुरी अख्तियारमा छन् ।

सल्यान

सल्यानमा १० वटै पालिकामा कुल ३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । जिल्लाको बागचौर नगरपालिकाका ५, शारदा नगरपालिकाका ५, कालिमाटी गाउँपालिकाका ७, दार्मा गाउँपालिकाका ६, कपुरकोट गाउँपालिकाका २ , छत्रेश्वरी गाउँपालिकाका २, वनगाड कुपिण्डे नगरपालिकाका २, त्रिवेणी गाउँपालिकाका ५ , सिद्ध कुमाख र कुमाख गाउँपालिकाका एक–एक वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ ।

मुगु

मुगका चार स्थानयि तह मध्य मुगुम कर्मारोङ गाउँपालिका वाहेकका तीन वटा स्थानीय तहमा भ्रष्टाचारका ४९ वटा मुद्धा अख्तियारले दर्ता गरेको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाका २६ वटा, सोरु गाउँपालिकाका नौं वटा र खत्याड गाउँपालिकाका १४ वटा उजुरी अख्तियारले दर्ता गरेको तथ्यांक छ ।

डोल्पा

डोल्पाका ८ वटा पालिका मध्य छार्का तोङसोङ र डोल्पोवुद्ध गाउँपालिका वाहेक अन्य पालिकाका कुल १८ वटा उजुरी अख्तियारमा छन् । जगदुल्ला गाउँपालिकाका ८, त्रिपुरासुन्दरी नगरपालिकाका तीन, ठुलीभेरी नगरपालिकाका चार, मुड्केचुला गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका र काइके गाउँपालिकाका एक–एक वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ ।

जुम्ला

जुम्लाका ८ स्थानीय तह मध्य सिंजा गाउँपालिका र तातोपानी गाउँपालिका वाहेकका पालिकाका कुल ३८ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । चन्दननाथ नगरपालिकाका २३ वटा, कनकासुन्दरी गाउँपालिकाका सात, तिला गाउँपालिकाका चार, पातारासी गाउँपालिकाका दुई, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकाको एक–एक वटा भ्रष्टाचार सम्वन्धी उजुरी छन् ।

रुकुम पश्चिम

रुकुम पश्चिम जिल्लाका ६ स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका वाहेक अरु सबै पालिकाका कुल २३ वटा उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकाका १३ वटा उजुरी, सानीभेरी गाउँपालिकाका पाँच, आठविसकोट नगरपालिका र वाँफिकोट गाउँपालिकाको दुई–दुई वटा उजुरी अख्तियारले दर्ता गरेको छ । यसैगरी जिल्लाको चौरजहारी नगरपालिकाको एक वटा भ्रष्टाचार सम्वन्धिको उजुरी अख्तियारमा दर्ता भएको छ ।

हुम्ला

हुम्लाको सात वटा स्थानीय तह मध्य ताँजाकोट र नाम्खा गाउँपालिका बाहेक सबै पालिकाका कुल ३९ वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाको अदानचुली गाउँपालिकाका १४, सर्केगाड गाउँपालिकाको १३, चंखेली गाउँपालिकाको नौं वटा, सिमकोट गाउँपालिकाको दुई र खार्पुनाथ गाउँपालिकाको एक वटा उजुरी अख्तियारमा दर्ता भएका छन् ।

रुकुम पुर्व

यसैगरी आयाोगको सुर्खेत कार्यालय कार्यक्षेत्र अन्र्तगत पर्ने लुम्बिनी प्रदेशको रुकुम पुर्व जिल्ला स्थित स्थानीय तहका ६ वटा उजुरी कार्यालयले दर्ता गरेको छ । रुकुम पुर्वको सिस्ने गाउँपालिकाका तीन, पुथा उत्तरगंगा गाउँपालिकाका दुई र भुमे गाउँपालिकाको भ्रष्टाचार सम्बन्धिको एक उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहका कुल चार सय ८१ वटा उजुरी अख्तियारले दर्ता गरेको हो । यसैगरी अघिल्लो वर्षबाट क्रमश् चालु आर्थिक वर्षमा समेत कर्णालीका स्थानीय तहका कुल दुई सय ९६ वटा उजुरी अख्तियारले अनुसन्धान गरिरहेको छ ।

आयोगको कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म अर्थात माघ २५ गतेसम्म विभिन्न ३० मन्त्रालय अन्तरगत ६९१ वटा उजुरी दर्ता भएको जनाएको छ । गत आर्थिक वर्ष २०७८०७९ मा ५४२ वटा उजुरी दर्ता भएका थिए । जसमा ५० मुद्धा फछ्यौट भएका थिए भने ४९२ मुद्धा बाँकी रहेका थिए ।

यस आर्थिक वर्षमा ६ सय ९१ मुद्धा दर्ता भएकोमा २ सय ७१ मुद्धा फछ्यौट भएका छन् भने ४ सय २० मुद्धाको फैसला हुन बाँकी रहेका छन् । यस चालु आर्थिक वर्ष र गत आर्थिक वर्ष गरी कुल १ हजार २ सय ३३ मुद्धा दर्ता भएको छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *