बैंक र लघुवित्तको चर्को व्याज विरुद्ध विरोध प्रदर्शन

सुर्खेत,५ फागुन ।
बैंक र लघुवित्तको चर्को व्याजको विरुद्धमा वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चर्को ब्याजदरविरुद्ध विरोध प्रदर्शन गरेका हो । मंगलगढि चाेकबाट सुरु भएको विरोध र्याली वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका सुर्खेत जिल्ला ईन्चार्ज धुर्व सिले बैंक तथा लघुवित्तको ऋणले आत्माहत्या गर्नु पर्ने परिस्थिती सृजना भएको भन्दै सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताए । बैंक र लघुवित्तहरुले गरेको ज्यादतिका विषयका पार्टीले अभियान नै संचालन गरेको र यसलाई सामान्य रुपमा नलिन उनले चेतावनी समेत दिए ।

यस्तै नेकपाका सुर्खेत जिल्ला सचिव जित सिले बैंक तथा लघुवित्तले जनतालाई ऋणको कारण परेको समस्यालाई तत्काल समाधान गर्न सुझाव दिए । उनिहरुका समस्याहर समाधान नभए नेकपाले फरक अभियान चलाउने बताए । यस्तै उनले राज्यले व्यावसायीहरुलाई समेत स्वतन्त्र रुपमा व्यवसाय गर्न अवरोध सृजना गरेको टिप्पणी समेत गरे ।





