अनेरास्ववियु अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं, ५ फागुन  ।

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो। गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता सन्तोष राना क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।

बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ९ का हुन्। बडालले अध्यक्षका उम्मेदवार आरसी लामिछाने र मोती विकलाई हराएका हुन्। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।

नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

अनेरास्ववियु अध्यक्षमा समिक बडाल विजयी

चर्काे  र मिटर ब्याज विरूद्ध  सुर्खेतमा  विराेध

अनेरास्ववियु अध्यक्षमा समिक बडाल विजयी

एमालेकै राष्ट्रपतिमा ओलीको अडान, दाहालको इन्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *