सुर्खेतको कोहिनुर टेक्निकल कलेजको ठगी धन्दा, इजरायल पठाउने नाममा लाखौं रकम असुली

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका एक युवा ३ महिनादेखि मजदुरीका लागि भारतको नयाँदिल्लीमा छन् । गर्त वर्ष इजरायल जान भन्दै उनी सुर्खेतस्थित कोहिनुर मल्टी टेक्निकल कलेजको होस्टेलमा झण्डै ३ महिना बसे ।


उक्त कलेजलाई २ लाख रुपैयाँ पढाइ शुल्क बुझाएका उनी अहिले ऋण तिर्ने पैसा कमाउन भारत गएका हुन् । ‘इजरायल जान पनि पाइएन, पैसा फिर्ता माग्दा विभिन्न धम्की पनि आए,’ उनले टेलिफोनमा भने, ‘विभिन्न तरिका अपनाउँदा पनि न्याय नपाएपछि ऋण लिएको पैसा तिर्न भारत पसेको हुँ ।’
आठबीसकै हिक्मत शाही पनि इजरायल जाने भन्दै कोहिनुरकै सुर्खेतस्थित होस्टेलमा ३ महिना बसे । सुरुमा ५० जनाको कोटा भनिए पनि कलेजले उनीहरूसहित ७२ जनालाई होस्टेलमा कोचाकोच गरी राखेको थियो । उनीहरूसहित रुकुम पश्चिमका सपना क्षेत्री, आठबीसका गोकणर् विक, रेशमी बडुवालजस्तालगायत युवा कोहिनुरबाट ठगिएका छन् ।
‘इजरायलमा १ वर्ष २०/२५ लाख कमाइन्छ भनेपछि ऋण लिएर कोर्ष पढियो,’ एक पीडित युवतीले भनिन्, ‘अब त आमाबाबुलाई मुख देखाउन पनि गाह्रो हुन लागिसक्यो ।’ उनले कोरोना महामारी देखाएर कलेजका बोर्ड अध्यक्ष बखत भण्डारी सम्पर्कविहीन भएको उनले बताइन् । उनका अनुसार दैलेखका मात्रै करिब २ सय युवा कोहिनुरबाट ठगिएका छन् ।
आर्थिक बर्ष २०७६/७७ मा गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका २ सय किसानलाई आराभा मोर्डन एग्ग्रिकल्चर कम्पनी लिमिडेट लमजुङमार्फत इजरायल पठाउने गरी सम्झौता गरेको थियो ।

सुर्खेतको कोहिनुर मल्टी टेक्निकल कलेजले पनि गण्डकी प्रदेशले केही कोटा दिएकाले उक्त कोटामा पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिएर विद्यार्थीहरूलाई इजरायली भाषा सिकाउन थालेको हो । विद्यार्थीहरूले होस्टेल शुल्कवापत ३ महिनाको थप ५० हजार रुपैयाँ पनि तिरेका छन् । तर अहिलेसम्म एक जना पनि इजरायल गएका छैनन् । कतिपय युवा भने ऋण तिर्न नसक्दा मजदुरीका लागि भारत पसेको अर्का पीडित युवाले बताए ।
दैलेखको आठबीस नगरपालिकाले २०७८र०६र२४ गते आराभा मोर्डन एग्ग्रिकल्चर कम्पनी लिमिडेट लमजुङ र कोहिनुर मल्टी टेक्निकल कलेज सुर्खेतलाई लागत साझेदारीअन्तर्गत ‘नगर प्रमुख रोजगार कार्यक्रम’बाट प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले रकम व्यहोर्ने गरी पत्राचार गरेको थियो । जसमा नगरप्रमुख खड्कराज उपाध्यायको हस्ताक्षर छ ।

८ युवाको नाम तोकेर इजरायल जान साझेदारी पत्र पठाएका प्रमुख उपाध्यायले बताए । ‘नगरका वेरोजगार युवालाई सहयोग होस् भनेर पत्राचार गरिएको हो,’ उनले भने, ‘त्यसयता कलेजका प्रतिनिधि हाम्रो सम्पर्कमा छैनन् ।’
सम्पर्कमा आएका कोहिनुरका बोर्ड अध्यक्ष भण्डारीले गण्डकी प्रदेश सरकारको समन्वयमा युवाहरूलाई इजरायल पठाउन लागिएको दाबी गरे । त्यसका लागि आराभा नेपालसँग साझेदारी गरिएको उनले बताए ।

उनका अनुसार कोहिनुरमार्फत कणर्ालीका ६२ जनालाई इजरायल पठाउन लागिएको हो । ‘सुरुमा १ महिना सुर्खेत राखेर ९० दिनको लागि आराभा नेपालकै समन्वयमा प्रयोगात्मक कार्य गर्न लमजुङ पठाएका थियौं,’ उनले भने, ‘कोरोना महामारीका कारण उनीहरूलाई इजरायल पठाउन ढिला भएको हो, विद्यार्थी आत्तिएका छन्, अब छिट्टै उनीहरूलाई पठाउने तयारी छ ।’ (साभार कान्तिपुर)

सुर्खेतको कोहिनुर टेक्निकल कलेजको ठगी धन्दा, इजरायल पठाउने नाममा लाखौं  रकम असुली

नेपाली कांग्रेस हुम्लाको समानान्तर समिति भङ्ग

सुर्खेतको कोहिनुर टेक्निकल कलेजको ठगी धन्दा, इजरायल पठाउने नाममा लाखौं  रकम असुली

वडाध्यक्षसहित चारजनाबिरूद्ध विशेष अदालतमा मुद्दा दायर

Leave a comment

Your email address will not be published. Required fields are marked *