नेपाली कांग्रेस हुम्लाको समानान्तर समिति भङ्ग

केबी थापा

हुम्ला ।
नेपाली कांग्रेस हुम्ला जिल्लामा गठन भएको समानान्तर समिति भङ्ग भएको छ । समिति भङ्ग भएसँगै अधिवेशनले निम्त्याएको तिक्तता अन्त्य भएको कांग्रेस हुम्लाले जनाएको छ ।

लामो समयको निरन्तर छलफल र बार्ताले संस्थापन ईतर पक्षले गठन गरेको समानान्तर समिति शनिवारदेखि भङ्ग भएको पुर्व सांसद रिता शाहीले जानकारी दिइन् । शाहीका अनुसार आउँदो स्थानीयतहको निर्वाचनमा मिलेर जानुको बिकल्प नरहेकोले गठित समानान्तर समिति भङ्ग गरिएको हो ।

शाहीले भनिन् ‘हामीहरुको लामो समय देखी रहेको तिक्ततालाई मेटाउँदै शनिवारदेखि एक भएर जाने बताउनु बताइन् ।
यस्तै नेपाली कांग्रेसका सभापति मोहन बिक्रम सिंहले पनि आफु पाटी सभापति हुँदै गर्दा भएको बिबाद मिलाउनको लागि लामो समय निरन्तर रुपमा छलफल र बहस निचोडमा पुगेको बताए । उनका अनुसार कुनै लिखित कागजात नभएको र मौखिक रुपमा सबैलाई मिलाएर जाने भन्दै गठित समानान्तर समिति भङ्ग भएको बताए ।
नेपाली काँग्रेस हुम्लाको सातौै जिल्ला अबिधेशनमा देखिएको विवाद अन्त भएको जनाइएको छ ।

शनिवर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु बीच बसेको बैठकले पार्टीभित्र देखिएको आन्तरीक समस्यालाई समाधान गरी एक ढिक्का भएर आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा जाने निणर्य गरेको छ ।
नेपाली काँग्रेसकी पुर्व संविधान सभा सदस्य रीता शाहीले एक विज्ञप्ती जारी गर्दै हुम्ला जिल्ला अधिवेसन संचालन हुने क्रममा केही तिक्तता र असमझदारी बढनुका साथै समानान्तर समिति गठन भएको थियो ।

सबैबाट विगतलाई समिक्षा गर्दै वर्तमान परिवेशमा खेल्नु पर्ने भुमिकाको आवश्यकता महसुस गरेर समानान्तर समिति नरहेको शाहीले उल्लेख गरेकी छन् ।

नेपाली कांग्रेस हुम्लाको समानान्तर समिति भङ्ग

वाइसीएल बाफिकोटको अध्यक्षमा रसाइली

नेपाली कांग्रेस हुम्लाको समानान्तर समिति भङ्ग

सुर्खेतको कोहिनुर टेक्निकल कलेजको ठगी धन्दा, इजरायल

Leave a comment

Your email address will not be published. Required fields are marked *