वाइसीएल बाफिकोटको अध्यक्षमा रसाइली

प्रचण्ड खत्री
रुकुम पश्चिम ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल बाँफिकोट गाउँपालिको अध्यक्षमा भुवन रसाइली चयन भएका छन् ।
शनिवार सुरु भएको दोस्रो गाउँपालिका सम्मेलनबाट रसाइलीको अध्यक्षमा ८१ सदस्य गाउँ कमिटी गठन भएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा बिनोद कुसारी, भुबन कुसारी हस्त बहादुर गुरुङ, कासी चन्द, भरत खत्री, लालबहादुर केसी रिता बिसी चयन भए यस्तै सचिबमा खम्बु खत्री, सहसचिवमा सुशील घर्ती मगर, दिलिप ओली, भरत बिक, पोसन मल्ल, लक्ष्मी बिक, हर्कवीर दाहाल, मोहन बुदाथोकी र कोषाअध्यक्षमा कल्पना चन्द चयन भएका छन् ।





