बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो, ३९ जना घाइते

सुर्खेत । बुधबार राती दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का बर्ष ३६ को काँशिराम पाण्डे र बर्ष ३२ को प्रेम सुनार रहेका छन् ।

यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी बर्ष ४६ को ज्ञानबहादुर बम, अन्दाजी बर्ष ५५ को धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले बताए ।

उनका अनुसार सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको इन्ट्रिमा छ । अरु पनि इन्ट्रि गर्ने क्रम जारी छ । घाइतेहरु सबैलाई गएराती नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको साहले बताए ।

बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबोट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।

 

 बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो, ३९ जना घाइते

कर्णाली नदीमा बस खस्यो, चार जनाको मृत्यु

 बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो, ३९ जना घाइते

हुम्ला :पहुँचका आधारमा जहाजको टिकट वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *