सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

दुर्गा विसी
सुर्खेत । सुर्खेत सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्द र गोमा रेग्मीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै चन्दले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् ।

सम्पत्तिको नाममा साग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सिसिको होन्डा साईन बाइक र बुबाको नाममा ४ कोठाको कच्ची घर मात्रै भएको सार्वजनिक गरेका छन् ।

देशकै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये आर्थिक हिसाबले कमजोर राजनीतिज्ञ चन्दलाई लिन सकिन्छ ।

पदभार ग्रहन्नकै दिन सिम्ता गाउँपालिकामा जनतालाई शुशानका सवालमा अग्रपंक्तिमा रहेर सेवा दिने जनाएको छ । सिम्तामा जनप्रतिनिधिहरुको सपथ ग्रहणसँगै पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि र उपाध्यक्ष चन्द्रकला शाहीले समग्र सिम्ताको विकासमा अघिल्लो स्थानीय सरकारले गरेका कामकाजको राम्रो कामले प्राथमिकता पाउने कुरामा विश्वास व्यक्त गर्दै नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियोे ।

No description available.

No description available.

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

गणतन्त्र दिवसमा कर्णालीभर तीन दिनसम्म दिप प्रज्वलन

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

सुर्खेतमा ‘डिजिटल कर्णाली संवाद’ हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *