रत्न अधिकारी स्मृति प्रतिष्ठानकाे भेरीगंगामा निःशुल्क स्वास्थ्य शिविर

दिलिप ढकाल
गुर्भाकोट, ५ चैत्र ।
रत्न अधिकारी स्मृति प्रतिष्ठान भेरीगंगा–४ सुर्खेतको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार स्थित शारदा मावि को प्राङ्गनमा मा आज (शनिबार ) १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

रत्न अधिकारी स्मृति प्रतिष्ठान भेरीगंगा–४ को आयोजनामा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिबिरमा सुर्खेत अस्पताल प्रालि वीरेन्द्रनगर सुर्खेत, भेरीगंगा डेण्टल क्लिनिक छिन्चु र जिपि मेमोरियल अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन कन्सल्टेन्ट डाक्टर केएन पौडेल, प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर किशोर बिष्ट, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ललितजङ्ग शाहीले बिरामीको चेक जाँच तथा परामर्श दिनुभएको थियो ।

त्यसैगरी मेहेलकुना अस्पतालमा कार्यरत दन्त रोग विशेषज्ञ डाक्टर बिमला खत्रीले पनि दाँत तथा मुख सम्बन्धिका बिरामीलाई उपचार तथा परामर्श दिनुभएको थियो । निःशुल्क स्वास्थ्य शिबिरमा १००० भन्दा बढीले सेवा लिएका भेरिगंगा डेन्टल क्लिनिकका सञ्चालक बिजय केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिकाका बिरामीहरुको उल्लेखनिय उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

बिहानैदेखि सुरु भएको स्वास्थ्य शिविर दिन भरीनै सञ्चालन भएको थियो । त्यसैगरी रत्न अधिकारी स्मृति प्रतिष्ठान भेरीगंगा–४ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले स्वर्गीय बुवाको नाममा स्मृति प्रतिष्ठान दर्ता गरी सञ्चालन गरेर सामाजिक कार्य गर्न पाउँदा खुशी महसुस गरेको बताउनुभयो ।

साथै उहाँले सुर्खेत र नेपालगंज जान नसकेर रोगको सिकार बनेका बिरामीलाई घर दैलोमा सेवा सुबिधा दिन पाउँदा निकै गौरवान्वित भएको बताउनुभयो । अध्यक्ष अधिकारीले निःशुल्क स्वास्थ्य शिबिरमा सहयोग गर्ने भेरीगंगा जेसिसका सम्पूर्ण पदाधिकारीहरु लगायत प्रतेक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग गर्ने सबै आम जनसमुदायलाई पनि धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

रत्न अधिकारी स्मृति प्रतिष्ठानकाे भेरीगंगामा निःशुल्क स्वास्थ्य शिविर

माथिल्लो कर्णाली आयोजना डुबान क्षेत्रका रूख काट्न

रत्न अधिकारी स्मृति प्रतिष्ठानकाे भेरीगंगामा निःशुल्क स्वास्थ्य शिविर

एकीन भयो काँक्रेविहारको क्षेत्रफल, फेरी नापजाँच गर्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *