सुर्खेतमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

सुर्खेत, ५ चैत्र ।
रत्नराजमार्गको पिपिरा–धुलियाविट सडक खण्डमा शनिबार दिउँसो सवारी दुर्घटना भएको छ । वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ सेडा स्कुल नजिक दुर्घटना भएको हो । रत्नराजमार्ग अन्तरगत पिपिराबाट धुलियाबिटतर्फ गएको १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशा तर्फ जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईकल टिप्परको पछाडी ठोक्किँन जाँदा मोटरसाईकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्य घाईतेहरुलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ पठाइएको र टिप्पर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको र मोटरसाईकल चालक फरार रहेको हुँदा खोजि कार्य भैरहेको प्रहरीको भनाई रहेको छ ।

सुर्खेतमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

प्रगतिशील लेखक संघका सुर्खेतको अध्यक्षमा नेपाल

सुर्खेतमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

माथिल्लो कर्णाली आयोजना डुबान क्षेत्रका रूख काट्न

Leave a comment

Your email address will not be published. Required fields are marked *