प्रगतिशील लेखक संघका सुर्खेतको अध्यक्षमा नेपाल

सुर्खेत, ५ चैत्र ।
प्रगतिशील लेखक संघको १४ औ जिल्ला शाखा सुर्खेतको सम्मेलन वीरेन्द्रनगर नगरपालिका–४ भैरव स्थानमा रहेको हिमालय पुस्तकालयमा सम्पन्न भएको छ । १४ औ सम्मेलनबाट १३ सदस्यसीय कार्यसमिति चयन भएको छ ।

अध्यक्षमा जागेश्वर नेपाल, उपाध्यक्षमा सिह बहादुर खड्का र मन्जु रिमाल, सचिवमा थुमान बहादुर अधिकारी, सह–सचिवमा सोसलिजा शाही, कोषाध्यक्षमा सर्जन सिंह ठकुरी, सदस्यमा पूर्ण भण्डारी, लक्ष्मण देव गिरी, कविता महतारा, खड्क ब. वि.क, निर्मला पोखरेल, भक्त राना सर्वसम्मत चयन हुनुभएको छ । १४ औं जिल्ला सम्मेलनको वन्दसत्रले आगामी कार्यकालमा सम्पादन गर्नका लागि प्रस्तावहरु सर्वसम्मतबाट निर्णय गरेको हो ।

१. वर्तमान सरकारले अनुमोदन गरेको एमसीसी परियोजना सम्झौता नेपाल र नेपाली जनताको हितमा नभएकोले सम्झौताको खारेजीको माग गर्ने ।

२. तत्काल प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि कर्णाली प्रदेश सरकार संग माग गर्ने ।

३. प्रलेस सुर्खेतको स्मारिका प्रकाशन गर्ने ।

४. वर्तमान प्रलेस अध्यक्षकोषको राशीलाई बढाउन पहल गर्ने ।

५. पुरस्कार तथा सम्मानको परम्परालाई समुह वनाउँदै लैजाने ।

प्रगतिशील लेखक संघका केन्द्रिय सचिव प्रकाश थापाले प्रलेसले स्थापना कालपश्चात विभिन्न किसिमका साहित्यिक गतिविधि गर्दै आएको र आगामी दिनमा पनि यसले अझ सशक्त ढंगले काम गर्दै जाने बताउनुभयो ।

प्रगतिशील लेखक संघ कर्णाली प्रदेशका अध्यक्षले पनि व्याग्यात्मक ढंगले अहिले सरकार सामाज्यवादको चंगुलमा फसेको बताउनुभयो । संधै स्रष्टाहरु राज्यको प्रतिपक्षमा उभिदै आएको पनि बताउनुभयो । प्रलेसले सहि कार्यको पक्षको पोषण गदै जाने र गलत कार्यको निन्दा गदै जाने बताउनु भयो ।

सुर्खेत बहुुुमुखि क्याम्पसका उपप्राध्यपक तथा प्रगतिशिल लेखक संघका सुर्खेत जिल्ला इन्चार्ज समेत रहनुभएका दीपक गौतमले नेपालका सबै ठाउँमा प्रलेस सुतेर रहेको अवस्थामा सुर्खेत शाखाले विभिन्न रुपान्तरणमुखी गतिविधि अघि बढाउँदै व्युझाएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता प्रलेस जिल्ला शाखा सुर्खेतका अध्यक्ष जागेश्वर नेपाल गर्नुभएको हो भने कार्यक्रम संचालन संस्थाका सहसचिव देवप्रकाश सिंहले गरेका हुन् ।

प्रगतिशील लेखक संघका सुर्खेतको अध्यक्षमा नेपाल

सुर्खेतमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *