गुर्भाकोट ६ मा वडा अध्यक्ष कप खेलकुद

दिलिप ढकाल
गुर्भाकोट, ५ चैत्र ।
पूर्बि सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा टोल स्तरिय वडा अध्यक्ष कप प्रतियोगीता २०७८ सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद र स्वास्थ्य का लागि खेलकुद भन्ने मुल नाराका साथ वडा अध्यक्ष कप वडा नम्बर ६ को वडा कार्यालयले आयोजना गरेको थियो ।
युवा खेलकुद कार्यक्रम अन्तरगत एक लाख बजेट बिनियोजन गरी सञ्चालन गरेको थियो । यहि फागुन २९ गतेदेखि सुरु भएको वडा अध्यक्ष कप यहि चैत्र ४ गते विभिन्न खेलहरु सम्पन्न गरी समापन भएको हो । उक्त वडा अध्यक्ष कप मा फुटबल, भलिबल र ब्याडमिन्टन गरी तीन वटा खेल समाबेश गरिएको थियो ।
फुटबल खेलमा ९ वटा टिम दर्ता भएको थिए भने भलिबल खेलमा पनि ९ वटा टिम दर्ता भएका थिए त्यस्तै ब्याडमिण्टन खेलमा १० वटा टिम दर्ता भएका थिए । फुटबल खेलको फाईनलमा बडाखोली क्लब प्रथम भएको छ ।
प्रथम भएको टिमले लेखबडाखोलीलाई हराउँदै नगद आठ हजार हात परेको थियो । त्यस्तै भलिबल तर्फ उच्च माबि बडाखोली प्रथम भएको छ । भने उक्त टिमले पाँच हजार नगद हात परेको थियो । त्यस्तै ब्याडमिण्टन खेलमा क्रमस पुस्कर रेग्मी र मोहन बिक प्रथम हुनुभएको छ ।
उहाँहरु दुवै जनाले पुरस्कार बापत तीन/तीन हजार प्राप्त गर्नुभएको थियो । समापन कार्यक्रमका सभापतित्व वडाअध्यक्ष धनिराम जैसी, प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, विशिष्ट अथिति उपप्रमुख मैना बिक, अथितिहरुमा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा–अध्यक्ष चित्र बहादुर रेग्मीका साथै बिभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी ब्यतिmत्वको उपस्थिति रहेको थियो ।
वडाका खेलाडीहरुको उपस्थितिमा कार्यक्रम समापन भएको वडा नम्बर ६ का वडा अध्यक्ष धनीराम जैसीले जानकारी दिनुभयो । त्यस्तै टोल स्तरिय वडा अध्यक्ष कपको संचालन खेलकुद बिकास समिती गुर्भाकोटका सचिव हेमन्त डिसीले गर्नुभएको थियो ।






