१२ तस्विरसहित सल्यान जिल्ला मनोरञ्जन र पर्यटनको किल्ला

बसन्त कुमार शर्मा
सल्यान, ५ चैत्र ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपाल कर्णाली प्रदेशको पहाडी जिल्ला हो । भौगोलिक बिकटता र भौतिक पूर्वाधार बिकासले गर्दा जीबनस्तर केही कठिन भएता पनि कृषि पेशा अन्य कलात्मक दृष्टि मनमोहक रमणीय वातावरणले अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको छ ।

जातीय हिसाबले बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बाहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माणपछि यस जिल्लाको चौतर्फी ढोका खुलेको छ ।

शारदा नदी जलसम्पदाको रूपमा रहेको छ । सल्यानको सदरमुकाम नजिकै रहेको कुपिण्डे दह धार्मिक स्थलको रुपमा प्रसिद्ध रहेको छ ।

कुपिण्डे दहले मौसम अनुसार आफ्नो रङ्ग परिवर्तन गर्दछ । पर्यटकका लागि ढुङ्गा सवार र पिकनिक ठाउँको व्यवस्थापन गरिएको छ । यहाँ बिदेशी पर्यटक र नेपाली पर्यटक मनोरञ्जन गर्दै शैक्षिक भ्रमण गर्ने विद्यार्थीको पहिलो गन्तव्यको केन्द्र बिन्दु भएको छ ।

यसका साथै खैराबाङ्ग भगवती मन्दिरमा हरेक बर्ष दशैको दिन हजारौं रागा र बोकाको बलि दिएर परेवा उडाएर आफ्नो इच्छा पुरा हुन्छ भने बिश्वास रहेको छ ।

त्यस्तै नेपालको सबै भन्दा ठूलो शंखको शख पार्क स्थापना र महादेवले यात्रा गरेको रमणीय ठाउँ छत्रेश्वरी मन्दिर जहाँ बाह्रै महिना आन्तरिक र बाह्रय पर्यटको घुइँचो लाग्ने गर्द्छ ।

अदुवा खेतीका लागि प्रसिद्ध ठाउँ राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्र रहेको ठाउँ भनि प्रसिद्ध मानिन्छ । तरकारी अमिलो जातका फलफूल उर्वर खेतियुक्त मलिलो माटो चारैतिर हराभरा खेतीयोग्य जमिन र सुन्दरबस्ती रहेका छन् ।

सामुन्द्रिक सतहबाट २८०० मिटरको जिल्लाको अग्लो लेक जथाक सङ्गै कुमाखको अग्लो शिखर पैदल यात्रा गर्न मिल्ने रमाणिय ठाउँ लालिगुराँस फुलको शौन्दर्य झल्कने प्राकृतिक रमणीय हराभराको जङ्गल र टिमुर जैतुन जस्ता अमुल्य जडिबुटीको प्रख्यात ठाउँमा पर्यटकहरु रमाउन ड्रोन क्यामेरामार्फत फोटो खिच्दै हिउँ खेल्दै रमाउने ठाउँ रहेका छ्न ।

छ्त्रेश्वरी गाउँपालिका वडा नं. ६ लान्तिमा निर्माधिन बैकुण्ठ धाम १०८ ज्योती शिवलिङ्ग शान्ति पार्क बनेको छ । सल्यानको पहिचान बनाउन सफल खुकुरी बिदेशीको रोजाईको खुकुरी पनि बनेको छ ।

यहाँ धेरै पुरातात्विक कलात्मक शैलीका मुर्तिहरु र गुफा पनि रहेको पाईन्छ । चिसो हावापानी पाहुनालाई स्वागत र सत्कार गर्ने बानी रमणीय ठाउँ झरना, प्राकृति लोभलाग्दा दृश्यले पर्यटको मन लोभ्याएको छ ।

१२ तस्विरसहित सल्यान जिल्ला मनोरञ्जन र पर्यटनको किल्ला

गुर्भाकोट ६ मा वडा अध्यक्ष कप खेलकुद

Leave a comment

Your email address will not be published. Required fields are marked *