प्रलेस सुर्खेतको १४ औं जिल्ला सम्मेलन, १९२ औं साहित्य यात्रा

रगवीर विश्वकर्मा
सुर्खेत, ४ चैत्र ।
प्रगतिशील लेखक संघ सुर्खेतको आयोजनामा १४ औं जिल्ला लम्मेलन तथा १९२ औं साहित्य यात्रा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भयो । प्रलेस केन्द्रीय सचिव प्रकाश थापाले प्रलेस खिचडी होइन बरू स्पष्ट माक्सवादी विचार तथा दृष्टिकोणअनुसार समाज रूपान्तरण गर्न अगाडि बढिरहेको साझा संस्था भएको बताउनुभयो ।
‘यसले समन्वय र सहकार्य गराउँदै अरूको विचार सुन्न र मनन् गर्न सिकाउँछ । प्रलेसले देश र जनताको हित, उन्नति, प्रगतिको पक्षमा रहेका विचार र व्यवहारको समर्थन गर्दछ’ बताउँदै त्यसका विपरीत रहेको विचार अनि व्यवहारको घोर विरोध गर्दछ भन्दै जुझारू र सक्रिय जिल्ला समिति निर्वाचित होस् भन्ने शुभकामना दिनुभएको थियो ।
सम्मेलनलाई हिमाली पुस्तकालयका पूर्व अध्यक्ष तुलाराम तिवारी, वांमय चौतारीका अध्यक्ष गणेश गौतम, प्रलेस कर्णाली उपाध्यक्ष युद्धविक्रम शाही, बुद्धिजीवी परिषद केन्द्रीय सदस्य विष्णुप्रसाद गौतम, लघुकथा समाज कर्णाली प्रदेशका अध्यक्ष मणिकुमार पोखरेल,प्रलेस केन्द्रीय सदस्य डा. दीपक गौतम, प्रलेस कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा, जिल्ला अध्यक्ष जगत वाशिष्ठ, विशेष अतिथि लीलाधर गौतमलगायतले शुभकामना दिनुभएको थियो ।
उक्त सम्मेलनको साहित्य यात्रामा भक्तबहादुर मिजार, सोसलिजा शाही, रगवीर विश्वकर्मा, समीक्षा नेपाल, खुमन अधिकारी, प्रकाश वराल, रमेश सुनारलगायतले आ–आफ्नो रचना गीत, गजल, कविताहरू प्रस्तुत गर्नुभएको थियो । जागेश्वर नेपालको अध्यक्षतामा १३ सदस्यीय नयकका जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न उक्त सम्मेलनको सञ्चालन देवप्रकाश सिंहले गर्नुभयो भने जागेश्वर नेपालको अध्यक्षता रहेको थियो ।







