एमसीसी खारेजीको माग गर्दै विरोध

मोहन सिंह
जाजरकोट, ४ चैत्र ।
श्रमिक समुदायक मोर्चा नेपाल जाजरकोटले शुक्रबार संसदद्धारा पारित एमसीसी सम्झौता खारेजिको काम गर्दै विरोध गरिएको छ । श्रमिक/दलित समुदाय माथी देशैभरी भएका जातिय उत्पिडनका विरुद्ध बिरोध प्रदर्शन तथा बिरोध कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक ध्रबिन्द्र बिकले भने विभिन्न मिडिया तथा समाचारहरुमा अमेरिकन जहाज सेनालाई बोकेर काठमाण्डौँ विमान स्थलमा अवतरण भएको छ ।
‘यद्यपि यो साँचो र सत्य साबित नहोस् । यदि सत्य र साँचो साबित भए हामी रोडमा उर्लिना बाध्य हुने छौं ।’ यस कार्यक्रम न्युरोड पाटी कार्यालयदेखि सुरुवात भई नारा जुलुससहित ठाँटीमा समापन भएको हो । नारा जुलुसमा राष्ट्रघति एमसिसि खारेज गर, बिप्लप दाई आदेश दे गोली ठोक्न तयार छौं, दलालहरु होशियार जस्ता नारा लगाइएका थिए ।






