२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर गिरी विजयी

जाजरकोट, ४ जेष्ठ ।
जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका महेन्द्रबहादुर शाहले ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् ।

गिरीले ३ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गिता सिंहले ३ हजार ४ सय ०१ मत प्राप्त गरेकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।

बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी गठबन्धन भएको थियो नेकपा एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष समेत थिए ।

बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर गिरी विजयी

कर्णालीका ६० पालिकाको नतिजा सार्वजनिक : काँग्रेस–२५,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!