भारी मतान्तरले बनगाडको प्रमुखमा छहारी र उपप्रमुखमा आचार्य निर्वाचित

दुर्गा विसि
सल्लीबजार, ३ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भारी मतका साथ नगर प्रमुखमा कर्णवहादुर वुढाथोकी (छहारी) र उपप्रमुखमा पुरुषोम आचार्य निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छहारिका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द कुमार पुनलाई २७४६ मत र गठबन्धन नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार आचार्यले स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टलाई १५५५ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका छन् ।

 

नगरको अन्तिम गणनामा परेको वडा नं ७ बाट नेकपा माओवादि केन्द्रका जीवन सिंह ठकुरी विजय भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश वस्नेतलाई ९५ मतको अन्तरले पछि पार्दै ठकुरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७ को जम्मा १३०७ को अन्तिम मत गणना हुदाँको मतपरिणाम मेयर माओबादी केन्द्र (गठबन्धन) कर्णवहादुर वुढाथोकि (छहारी)–७४६६ मत,एमाले गोविन्द कुमार पुन–४७२० मत, राप्रपा शिव वहादुर वली ३२३ मत, राप्रपा नेपाल वालाराम शर्मा ६ मत, उपमेयर गठबन्धन नेपाली कांग्रेस पुरुषोतम आचार्य–५७३५ मत, एमाले÷स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट–४१८० मत, राप्रपा सृष्टि शाह–२७८ ,मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा उप मेयर गठबन्धन नेपाली कांग्रेस पुरुषोतम आचार्य–५६११, एमाले ÷स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट–४१३० राप्रपा सृष्टि शाह–२६८ रहेको छ । वडा अध्यक्ष नेकपा माओवादी केन्द्र÷एस÷नेपाली कांग्रेस बाट जीवन सिंह ठकुरी–६६६, नेकपा एमालेबाट प्रकाश वस्नेत–५७१ म्त, राप्रपा भिमवहादुर वलि–४ मत रहेको छ ।

सदस्य तर्फबाट विजयी हुनेमा गठबन्धनका नेपाली कांग्रेसबाट सीता साहु ६५७ मत, वहादुर कँवर ६१६ मत, नेकपा समाजवादीका पुष्कर विसि ६२१ मत र नेकपा माओवादी केन्द्र सीता परियार ६५७ मत विजय भएका छन् ।

१२ वटै वडाको मतगणना सम्पन्न भएको छ । त्यसैगरी वडा अध्यक्षहरुमा वडा नं. १ नेपाली काँग्र्रेस थुम बहादुर विसि, २ नं. वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ नं. वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ नं. वडामा एमाले पुष्कर बुढा, ५ नं. वडामा माओवादी पिउमले खत्री, ६ नं. वडामा समाजवादीका गणेश विसि विजयी भएका छन् ।

त्यसैगरी ८ नं. वडामा माओवादी कुलबहादुर पुरी, ९ नं. वडामा रुद्र परियार, १० नं. वडामा एमाले मोते घर्ती, ११ नं. वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर १२ नं. वडामा नेपाली काँग्र्रेस लालबहादुर घर्ती र ७ नं. वडामा माओवादी केन्द्रका जीवन सिंह ठकुरीले बिजय हाँसिल गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका जम्मा २०९९६ मत मध्ये १४२०८ मत खसेको थियो ।

भारी मतान्तरले बनगाडको प्रमुखमा छहारी र उपप्रमुखमा आचार्य निर्वाचित

एमाले विभाजको असरले ज्वाला र शाह आफ्नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!