कुशे ढिमेमा दुई जनामा कोरोना संक्रमण

दिपेन्द्र शर्मा
नलगाड, ३ चैत्र ।
जाजरकोट जिल्लाको कुशे गाउँपालिकाको स्वास्थ्य चौकी ढिमेमा पाँच जनामा कोभिड–१९ एन्टीजेन्ट किटबाट परिक्षण गरिएको थियो । पाँच जनामा गरिएको परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
कुशे गाउँपालिका स्वास्थ्य चौकी प्रमुख दिनेश कुमार रावलका अनुसार संक्रमितको अबस्था सामान्य रहेको छ । स्वास्थ्य शाखा प्रमुख रावलले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘कोभिड संक्रमण फेरी पनि बढ्न सक्छ, त्यसैले हजुर हामी जहाँ छां,ै सुरक्षित रहौ, अनिवार्य माक्स को प्रयोग गरौ, बेलाबेलामा साबुन पानीले हात धुने बानी बसालौ जनहितमा जारि शन्देश ।’






