शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

छेडागाड, ३ चैत्र ।
छेडागाड नगरपालिका वडा नं. ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ ।

हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु खातीजेवा टोलमा १ सय ७२ जना, गाँउजेवा टोलमा १ सय ४७ जना, चौरजेवा टोलमा ८५ जना र टाटाजेवा टोलमा २ सय ३० जना सहित जम्मा ६ सय ३४ जना बाल बालिका रहेका रहेको छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन २०७५ तथा छेडागाड नगरपालिकाको अनिवार्य तथा आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका, २०७७ बमोजिम छेडागाड नगरपालिका वडा नं. ४ लाई आधारभूत तहका (४ देखि १२ वर्ष सम्मका) शतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना तथा निरन्तरता भएको घोषणा गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर थापाले बताउनु भयो ।

सबै भन्दा पहिलो चरणमा बालबालिकाको पहुचलाई स्थापित गर्ने राज्यको नीति नियम अनुसार स्थानिय सरकारले पनि सोही किसिमको नीति नियमलाई कार्यन्वय गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय कार्यमा छेडागाड नगर शिक्षा शाखा विद्यालय समन्वय कर्ता कृष्ण बहादुर थापाले बताउनु भयो ।

उक्त कार्यक्रमा सहयोग पुर्याउने वीरेन्द्र आधारभुत विद्यालय खातीजेवा, रामोदय मावि जेवा, दिपेन्द्र आधारभुत विद्यालय चौरजेवा, बिद्याज्योती आधारभुत विद्यालय सिद्धडाडा, लालीगुराँस बाल विकास केन्द्र, सृजनसिल बाल विकास केन्द्र, उज्वल बाल विकास केन्द्र, नवज्योती बाल विकास केन्द्र, धुर्वतारा बाल विकास केन्द्र रहेका छन् ।

जनभावना आधारभुत विद्यालय पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट तथा शिक्षा कार्यक्रम संयोजक कृष्ण कार्की, सामाजिक परिचालन अधिकृत गणेश बहादुर बानिया, सामाजिक परिचालन अधिकृत प्रेमबहादुर रावत र सेभ द चिल्डे्न सुर्खेत, सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज पाध्याय लगाएतलाई कदर पत्र प्रदान गरिएको थियो ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको अवसर सहयात्रा परियोजनाको प्राविधिक आर्थिक सहयोगबाट शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको वडा सचिव प्रेम बहादुर विसी बताउनुभयो ।

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

तोकिएको समयमा निर्वाचन हुन्छ तयारीमा लाग्नुहोस

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

कुशे ढिमेमा दुई जनामा कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *