तोकिएको समयमा निर्वाचन हुन्छ तयारीमा लाग्नुहोस

बसन्त कुमार शर्मा
रुपन्देही, ३ चैत्र ।
नेकपा माओवादी यतिबेला गाउँ देखि प्रदेशसम्म विभिन्न कार्यक्रम लगेर भेटघाट कार्यक्रमलाई तिब्र बनाएको छ । भेटघाट कार्यक्रमको क्रममा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकामा भएको कार्यक्रम प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजना बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुँदैन भनेर कोहि कसैले पनि भ्रम नपर्न सम्पुर्ण राजनैतिक दल नेता कार्यकर्ता जनसमुदाय सञ्चारकर्मी आग्रह गर्नु भयो ।
साथै अबको जनताको जित हुने समय आएको छ । शान्तिपुर्ण ढंगले निर्वाचन गराउन सुरक्षा व्यवस्था लागिरहेको । निर्वाचन आयोगले पनि२०७९ बैशाख ३० गते ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने भनी तयारी गरेको कुरा तपाईंहरु सबैलाई जानकारी नै छ। त्यसैले तोकिएको समयमा निर्वाचन हुन्छ त्यही भएर आ आफ्नो ठाउँबाट तयारीमा लाग्नुहोस भनेर भन्नू भयो ।
कार्यक्रम यति धेरै उपस्थिति भएको देख्दा खुसी लागेको अब आफ्नो पार्टी जनताको हित देशको बिकासको लागि सधैं लागिरहने अन्याय अत्याचार बिकृती र बिसङ्गतीको भन्डाफोर गर्दै सहि र सत्यको बाटोमा हिड्ने सर्वहाराको पार्टी माओवादी भएकोले हामिले अवस्था मात्रै होइन व्यवस्था बद्लेका छौ । देशमा बिकास निर्माणका कार्यहरू तिव्र गतिमा भैईरहेका छ्न । देशलाई बिकासका लहर फैलाउने रोजगारी वृद्धि गर्ने हाम्रो पार्टीको लक्ष्य हो भनेर बताउनु भयो ।







