वडाअध्यक्ष बुढा एमालेमा फर्किए

सुर्खेत, ३ चैत्र ।
वीरेन्द्रनगर–१० का वडा अध्यक्ष रत्न बहादुर बुढा पुनः एमालेमा फर्किएका छन् । नेकपा एमाले विभाजित भएपछि निर्वाचन आयोगको सनाखद गर्ने म्यादभित्र नेकपा एकीकृत समाजवादी पार्टी रोजेका वडा अध्यक्ष बुढा र वडा सदस्य सुनिता चौधरीसहित पुराना नेताहरु एमाले फर्किएका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, एमाले सुर्खेतका अध्यक्ष अमृत बहादुर विसीले विहिबार वीरेन्द्रनगरमा एक कार्यक्रमवीच खादा, मालासहित एमाले पुरानै घर फर्किएको घोषणा गरेका थिए ।
सोही अवसरमा वीरेन्द्रनगर–१० कै नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य जागुराम चौधरी, शेर बहादुर चौधरी, बिमला थापा, चन्द्र बहादुर सुनार, परबिर नेपाली, हरि बुढा, भक्त बहादुर आले, कृष्ण थापासमेत एमाले प्रवेश गरेको जनाइएको छ ।




