अपाङ्गता भएकाहरुका लागी रोजगारमुलक सीप

मोहन सिंह
जाजरकोट, ३ चैत्र ।
भेरी नगरपालिका कालेगाउँमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि सामाजिक बिकास कार्यालय जाजरकोटले निगालो तथा बाँसका फर्निचर निर्माण तालिम दिएको छ । तीस दिने तालिमको आयोजना गरिएको थियो ।
जीवन निर्बाहका लागि गरिने काम इलम, पेशा वा ब्यबसायलाई रोजगारमुलक बनाउने उद्देश्यले सिपमुलक तालिमको आयोजना गरिएको हो । अहिले मुलुकमा २३.८ प्रतिशत गरिबी छ । ७०लाख ब्यक्ति गरीबीको रेखामुनी छन् । यो सबै बेरोजगारको अपज हो ।
त्यसैले जिल्लामा विभिन्न किसिमका रोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको सामाजिक बिकास कार्यालय जाजरकोटका प्रमुख खिम प्रसाद ढकालले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय प्रमुख मान बहादुर रावत, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायतका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा अपाङ्गता ब्यक्तिहरुले आफुले बनाएका बाँस, निगालोका कुर्सी, दराज, टेबल मायाको चिनो उपहार दिएर फेरी पनि हामी जस्ता अपाङ्गता भएहरुका लागि रहिरहोस भन्दै जानकारी दिएका थिए ।




