२०८३ आश्विन १७ गते
×

Now Playing

अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा एमाले प्रवेश गर्ने

काठमाडौं, ३ चैत ।
अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ ।

एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् । अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

को हुन करिस्मा
करिश्मा मानन्धर (केसी) को जन्म सन १९७१ मा ललितपुरमा भएको हो । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र निर्मात्री हुन । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन ।

करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।

करिश्माले आफ्नो एसएलसी सम्म शुभतारा स्कुलमा पढिन् । सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरिन् । केही स्रोतअनुसार उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो ।

अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा एमाले प्रवेश गर्ने

नेपाल टेलिकमको टावर बन्यो, सञ्चालनमा आएन

अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा एमाले प्रवेश गर्ने

अपाङ्गता भएकाहरुका लागी रोजगारमुलक सीप

Leave a comment

Your email address will not be published. Required fields are marked *