नेपाल टेलिकमको टावर बन्यो, सञ्चालनमा आएन

दिपेन्द्र शर्मा
नलगाड, ३ चैत्र ।
झन्डै ८ बर्ष अघि नलगाड नगरपालिका–६ का युवाहरुको पहल र अगुवाइमा त्यस दुर्गमा क्षेत्रको लागि टेलिकमको टावर माग भएको थियो । उक्त टावर मागको लागि नेपाल टेलिकम सुर्खेत, तत्कालिन क्षेत्रिय कार्यालय नेपालगञ्ज सरकारका मन्त्री लगायत धेरै ठाउँहरुमा बारम्बार ध्यान आकर्षण गराएको थियो ।
उक्त टावर मागका लागि सोहि वडाका युवाहरू पूर्व गाविस सचिव दिपक सुनार, प्रकाश पन्त, जय बहादुर खड्का, दिपेन्द्र खड्का, प्रबिण बिक, नरेन्द्र घर्ती लगायतले पहलमा टावर माग तथा निर्माण भएको थियो ।
निर्माण सम्पन्न पनि भैसकेको स्थानीय बासिले बताए । उक्त टावरले कार्य गर्ने स्थान कैन, टट्टा, चावलेचौर, भारगाउ, पिउलि, कट्के, करुवा, बास्कोटी, राता, गराग्लि, लहँ, मानचौर, भातचिउरा, औला, ओखेल, सिम, डाँडागाउँ, गर्छिना, लगायत अन्य ठाउँ नेटवर्क बिहिन रहेको बताए ।
सोहि वडाका सन्तोष खड्का भन्नुहुन्छ निर्माण कार्य सम्पन्न भै डिभाइसहरु जडान गरी नेटवर्क सिस्टमको सबै काम गरी फोर जि सेवा सुचारुका लागि अन्तिम तयारी भएर पनि पावर पोइन्टको कारणले झन्डै एक महिना बढि भैसक्यो तर पनि सोलार कम्पनी ले बेवास्ता गरेको हो ।






