वीरेन्द्रनगर–१४ गढीमा एमालेका रोकायको प्यानल विजयी

सुर्खेत, २ जेष्ठ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गढीमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको उक्त वडा यस पटक नेकपा एमालेका उम्मेदवार प्यानलै विजयी भएका छन् ।
एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार देव बाहदुर रोकायले ५४२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार विरु थापाले ५१६ मत, नेकपा माओवादी केन्द्रका उम्मेदवार याम बहादुर रास्कोटीले ४५६ मत प्राप्त गरेका थिए ।
वडा सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार भरत बहादुर बुढा, मन बहादुर बुढामगर, प्रेमदेवी सारु, करुणा दमाई विजयी भएका छन् ।
वडा नं. १४ को अन्तिम मत परिणाम आउँदा वीरेन्द्रनगरको प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र खड्काले अग्रता लिएका छन् भने नेकपा एमालेका उम्मेदवार मोहनमाया ढकालले पछ्याई राखेकि छन् । खड्काको ५३७३ मत र ढकालकाे ५१८१ मत प्राप्त भएको छ भने राप्रपाका मुकुन्द श्याम गिरीले २२८६ मत प्राप्त गरेका छन् ।







