चिङ्गाड–२ मा काँग्रेसका खड्का विजयी

गोपाल शर्मा
सुर्खेत, १ जेष्ठ ।
चिङगाड गाउँपालिका वडा नं. २ को प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार प्रेम बहादुर खड्का महिला सदस्य र दलित महिला सदस्य १/१ जना सहित विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दिल बहादुर खत्रीले ६५६ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलसिंह खड्काले ४ मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारद्धय काँशिराम ओली ६४३ मत र तिलक बहादुर रानाले ६३८ मत ल्याएर विजयी भएका छन् ।

महिला सदस्य र दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मी हमाल (खड्का) ६७१ मत, देउमा सुनार ६६६ मत सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको छ ।

चिङ्गाड–२ मा काँग्रेसका खड्का विजयी

जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *