वीरेन्द्रनगर–१ मा काँग्रेसका दिनेश खत्री ४१ मतान्तरले विजयी

सुर्खेत, १ जेष्ठ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार दिनेश खत्री विजयी भएका छन् । निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार वडा अध्यक्ष पदमा नेपाली काँग्र्रेसका दिनेश खत्री विजयी भएका हुन् ।
उनले १४८५ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष गंगाराम सुनारले १४४४ मत प्राप्त गरेका छन् । खत्रीले सुनारलाई ४१ मत अन्तरले हराउँलै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।






