जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान

जुम्ला, १ जेष्ठ ।
स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गर्ज्याङकोटमा आज पुनः मतदान भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि अाइतबार कडा सुरक्षाबीच मतदान गरिएको हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।

मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका छन् । मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार समाचार तयार हुँदासम्म १८८ मत खसिसकेको छ ।

जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान

बराहताल–३ मा कांग्रेसको प्यानल विजयी

जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान

चिङ्गाड–२ मा काँग्रेसका खड्का विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *