बाँफिकोट–९ मा माओवादीको प्यानल बिजयी

प्रचण्ड खत्री
रुकुम पश्चिम, १ जेष्ठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार जोखबहादुर चन्द बिजयी भएका छन् । उनले जम्मा ३ सय ७९ मत ल्याएर बिजयी भएका निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साथै उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर खत्रीले ३ सय ७४ मत ल्याएर पराजित भएका छन् । ९ नम्बर वडाबाट नेकपा माओवादी केन्द्रको प्यानल नै बिजयी भएकोछ ।





