दुर्गा विसि
सल्लीबजार, १ जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ को मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल बिजयी भएको छ ।
जसमा खत्रीले ४४४ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार शंकर प्रसाद शर्माले ४०७ मत र नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर बिष्टले १२ मत ल्याएका थिए ।
महिला सदस्यमा पानसरी बुढा ४५४ मत, दलित महिला सदस्यमा भद्रकली कामी ४४० मत, मनबिर राना ४२९ मत, हैते राना ४३२ मत ल्याएर बिजयी भएका छन् । नगर प्रमुख सुरुवातीदेखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन् ।
जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले १९०६ मत एमाले गोविन्द कुमार पुनले ११११ मत, राप्रपा शिव बहादुर वली ८३ मत, राप्रपा नेपालका बालाराम शर्माले ५ मत पाएका छन् ।
उपप्रमुखमा गठबन्धन पुरुषोत्तम आचार्यले १२८८ मत, राप्रपा सृष्टि शाहले ३२ मत र स्वतन्त्र दिपेन्द्र बिष्ट १२१६ मत ल्याएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका २ नं. वडामा १३८२ मत मध्ये ९०३ मत खसेको थियो ।


