सल्यान बनगाड कुपिण्डेमा – १२ मा काङ्ग्रेसका घर्तीमगर विजयी

सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १२ को मत गणना सम्पन्न भएको छ । जसमा नेपाली काङ्ग्रेस लालबहादुर घर्ती मगरकाे प्यानल विजयी भएकाे छ  ।  घर्तिमगरले ३६२ मत ल्याएका छन्।

यस्तै एमाले गोविन्द पुनमगर २०० र एकीकृत समाजवादी गोविन्द डाङ्गीले २०७ र राप्रपा भुपेन्द्र बहादुर वलीले ६ मत ल्याएका थिए । निवर्तमान अध्यक्ष डाङ्गीलाइ माओवादी केन्द्र र समाजवादी साथ रहेको थियो । महिला सदस्यमा सरला वली ३५१ दलित महिला सदस्यमा नन्नकली कामी ३४८ उमलाल बुढामगर ३३८, पुर्ण बहादुर बुढामगर ३३८ विजयी भएका छन् । नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन । जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले १४३२ एमाले गोविन्द कुमार पुन ७२९ राप्रपा शिव बहादुर वली ८२ राप्रपा नेपाल बालाराम शर्मा ५ उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य ९०७ राप्रपा सृष्टि शाह ३१ र स्वतन्त्र दिपेन्द्र बिष्ट ८४८ मत ल्याएका छन ।

सल्यान बनगाड कुपिण्डेमा – १२ मा काङ्ग्रेसका घर्तीमगर विजयी

रूकुमपश्चिम : सानीभेरी -४ मा काँग्रेसका मनोज

Leave a comment

Your email address will not be published. Required fields are marked *