२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 21°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

एकीकृत समाजवादीले दैलेखकाे वडामा खाता खोल्यो

दैलेख, ३१ बैशाख ।
दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टीले वडा पालिकामा खाता खोलेको छ । एकीकृत समाजवादी पार्टीबाट नौमूले गाउँपालिका–५ को वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर सलामी विजयी भएका हुन् ।

उनले ५४९ मत प्राप्त गरेको नौमूले गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सलामीसँग नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित भएका हुन् ।

सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर विक, मनबहादुर कामी, हिरा बुढा र डिलमाया सुनार विजयी भएका छन् । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

एकीकृत समाजवादीले दैलेखकाे वडामा खाता खोल्यो

कालिमाटी वडा नं. ४ मा एमालेको प्यानल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!