कालिमाटी वडा नं. ४ मा एमालेको प्यानल विजयी

दिलिप ढकाल
गुर्भाकोट, ३१ बैशाख ।
सल्यानमा रहेका विभिन्न पालिकाहरुको मत गणना आउने क्रम जारी रहेको छ । शनिबार दिउँसो आएको मत परिणाम अनुसार कालिमाटी गाउँपालिकाको वडा नम्बर ४ बाट नेकपा एमालेले आफ्नो विजयी यात्रा सुरु गरेको छ ।
कालिमाटी गाउँपालिकामा वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । वडा अध्यक्षमा निर्बाचित बेल बहादुर चन्दले आपनो प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका टोप बहादुर थापालाई पराजित गरेका हुन ।
उनले ७७२ मत ल्यायर बिजयी हुँदा टोप बहादुर थापाले ६२३ मत ल्याएका थिए । त्यस्तै नेपाली कांग्रेसका पूर्ण बहादुर खत्रीले १२५ मत प्राप्त गरेका थिए ।
त्यस्तै विजयी वडा सदस्य हुम बहादुर थापाले ७५७ मत, दुर्गा बहादुर खत्रीले ७६० मत, दलित महिला सदस्य लक्ष्मी सुनारले ७६३ मत र महिला सदस्य दिलमाया वलीले ७७९ मत ल्याएर बिजयी भएका छन् ।
त्यस्तै वडा नम्बर ४ बाट पालिका अध्यक्षको लागि ६८९ मत र पालिका उपाध्यक्षको लागि ७०३ मत प्राप्त भएको जनाइएको छ ।






