चिङ्गाड–१ मा एमालेको प्यानल विजयी

गोपाल शर्मा
सुर्खेत, ३१ बैशाख ।
चिङ्गाड गाउँपालिका वडा नं. १ को अन्तिम मत परिणाम सार्वजनि भएको छ । नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर रजाली ६८२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार वीर बहादुर ओलीले ४२४ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६ मत प्राप्त गरेका थिए ।
चिङ्गाड गाउँपालिकाको पालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवारले प्रारम्भिक चरणमा अग्रता लिएका छन् ।
नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बोध विक्रम जि.सी. ले ६५९ मत र उपाध्यक्ष मिना कुमारी रोकायले ६६६ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका पालिका अध्यक्ष पदका उम्मेदवार डोर प्रसाद शर्माले ४५३ मत र उपाध्यक्ष पदका उम्मेदवार धनमाया आचार्यले ४४७ मत प्राप्त गरेका छन् ।
राप्रपाका अध्यक्ष पदका उम्मेदवार रजत सिंह रावतले १० मत र उपाध्यक्ष पदका उम्मेदवार धनसरा जैसीले ५ मत प्राप्त गरेको जनाइएको छ ।






