हुम्ला सदरमुकामलाई नगरपालिका बनाउन सिफारिस

केवि थापा
सिमकाेट (हुम्ला) , ३० फागुन ।
कर्णाली प्रदेशको हुम्ला जिल्लामा एउटा पनि नगरपालिका छैन । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई नगरपालिका बनाउन पहल थालिएको छ । सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ ।

आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

‘जिल्लामा अहिलेसम्म एउटा पनि नगरपालिका छैन,’ उनले भने, ‘जसका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’ पालिका अध्यक्ष पदमबहादुर लामाले आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको बताए ।

नियमअनुसार पुस मसान्तभित्र हिउँदे सभा गर्नुपर्ने भए पनि प्राविधिक कारणले २ महिनापछि सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार सभाबाट शिक्षा ऐन पारित गरिएको छ ।

त्यस्तै बहुप्राविधिक शिक्षालय स्थापनाका लागि संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको उनले जानकारी दिए । सभामा चालु आर्थिक वर्षमा भएका हालसम्मको प्रगतिको समीक्षासमेत गरिएको थियो । ४३ सदस्यीय गाउँसभामा ३८ जना सदस्यको उपस्थिति थियो भने ५ जना अनुपस्थित थिए ।

हुम्ला सदरमुकामलाई नगरपालिका बनाउन सिफारिस

५० लाख बढी भ्रष्टाचार गरेको आरोपमा निमित्त

हुम्ला सदरमुकामलाई नगरपालिका बनाउन सिफारिस

सुर्खेत उपत्यकामा खानेपानीकै पीरलो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!