५० लाख बढी भ्रष्टाचार गरेको आरोपमा निमित्त व्यवस्थापकलाई जुत्ताको माला

मोहन सिंह
खलंगा (जाजरकोट), ३० फागुन ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुखलाई कालो मोसोका साथै जुत्ताको माला लगाइएको छ । कार्यालयको नियमित काम, खरिद प्रक्रियामा ५० लाख बढीको अनियमितता गरेको आरोप लगाउँदै दुव्र्यवहार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई सोमबार विहान ११ बजे कार्यकक्षमै युवाहरुको एक समूहले कालोमासो र जुत्ताको माला लगाएर दुव्र्यवहार गरेको थियो ।

नेकपा माओवादी विप्लव निकट युवा संगठन नेपाल जाजरकोटले कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएको स्वीकार गरेको छ । सोमबार ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको एक टोलीले स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीलाई कालो मोसो दल्नुको साथै जुत्ताका माला लगाएका हो ।

स्वास्थ्य सेवा कार्यालय निमित्त व्यवस्थापक जैसीलाई युवा संगठन नेपाल जाजरकोटले भ्रष्टारसंगै अन्य आरोप पनि लगाएको छ । स्वास्थ्य सेवा कार्यालयको उपचार शाखा व्यवस्थापनका लागि नेपाल सरकारबाट आएको दरबन्दी अनुसारको ४ लाख ९१ हजार बजेटको कर्मचारी पदपुर्ति नगरेर बजेट खर्च गरेको आरोप छ ।

त्यसैगरी निमित्त व्यवस्थापक जैसीलाई कारवाही गर्नुको कारण सहितको १५ बुद्धे विभिन्न आरोप पत्र सार्वजनिक गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट आ.व. २०७७/०७८ मा कोरोना माहामारीमा २ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख अनियमितता गरेकाे जनाइएकाे छ ।

एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेशिन खरिदबाट ३४ लाख, अक्सिजन प्लान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्टाचार, स्टेवलाईजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढि रकम भ्रष्टाचार गरिएको पुष्टी भएको छ ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ती जारी गरेको छ । प्रेस विज्ञप्तीमा भनिएको छ । ‘६ महिना लामो अध्ययन तथा अनुसन्धान पश्चात कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’

स्वास्थ्य सेवा कार्यालय निमित्त व्यवस्थापक जैसीलाई युवा संगठन नेपाल जाजरकोटले भ्रष्टाचारसंगै अन्य आरोप पनि लगाएको छ । स्वास्थ्य सेवा कार्यालयको उपचार शाखा व्यवस्थापनका लागि नेपाल सरकारबाट आएको दरबन्दी अनुसारको ४ लाख ९१ हजार बजेटको कर्मचारी पदपुर्ति नगरेर बजेट खर्च गरेको अाराेप छ ।

त्यसैगरी थप एक्सरे मेशिन खरिदको लागि आएको ४३ लाखको मेशिन खरिद नगरेर रकम आफु अनुकुल परिचालन गरेको, वार्डमा भर्ना भएका बिरामीलाई २५३ देखि ३१७ रुपैयाँसम्मको दैनिक खाना तथा नास्ता खुवाउनुपर्ने मापदण्ड विपरित १८० रुपैयाँको खुवाउने गरेको अाराेप लगाइएकाे छ ।

साथै अस्पतालको बर्थिङसेन्टरमा मार्वल तथा टाईल विच्छाउन सार्वजनिक सूचना प्रकाशन नगरी मिलेमोतोमा निर्माण कम्पनीसंग सम्झौता गरेको, गाउँका स्वास्थ्य चौकीहरुमा समयमै औषधी पठाउन नसकेको लगाएतका आरोपहरु लगाईएको छ ।

मलाई कारवाही गर्न उहाँहरुले लगाउनु भएका सबै आरोपहरु गलत भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले बताए ।

४–५ जनाको समुहमा आएको टीमले आफुलाई कार्यकक्षमै एक जनाले कालो मोसो दलेको, अर्कोले जुत्ताको माला लगाएको, अर्कोले मोवाईलबाट फोटो खिच्नुको साथै आफुलाई हातपातसंगै पिट्ने काम गरेको निमित्त व्यवस्थापक जैसीको भनाई रहेको छ ।

आफुलाई कारबाही गरिसकेपछि कार्यकक्षबाट बाहिर निक्लिएको समुहले कोठामै पर्चा छोडेको रहेछ जैसीले भने–‘त्यो पर्चा राम्रोसंग सबै पढे तर, उहाँहरुले लगाएका सबै आरोपहरु गलत छन, त्यसमा कुनै पनि सत्यता छैन ।’

५० लाख बढी भ्रष्टाचार गरेको आरोपमा निमित्त व्यवस्थापकलाई जुत्ताको माला

बुलबुलेमा इलेक्ट्रोनिक्स स्कुटीको शाेरुम उद्घाटन

५० लाख बढी भ्रष्टाचार गरेको आरोपमा निमित्त व्यवस्थापकलाई जुत्ताको माला

हुम्ला सदरमुकामलाई नगरपालिका बनाउन सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!