बुलबुलेमा इलेक्ट्रोनिक्स स्कुटीको शाेरुम उद्घाटन

सुर्खेत, ३० फागुन ।
बत्ती तथा सोलारको चार्जबाट सञ्चालन हुने इलेक्ट्रोनिक्स स्कुटीको वीरेन्द्रनगर–१० सुर्खेत बुलबुले गेटमा शोरुम उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सोमबार एक कार्यक्रमवीच उद्घाटन गर्नुभएको हो ।

उद्घाटनमा बोल्दै मुख्यमन्त्री शाहीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि एकातर्फ भैरहेको छ भने अर्कोतर्फ नेपालमै विद्युत उत्पादन बढीरहेको छ ।

यसले पेट्रोलियम पदार्थको खपत घटाउँदै नेपालकै उर्जा खपत बढाउने भएकाले इलेक्ट्रोनिक गाडी, मोटरसाइकल, स्कुटी नेपाली बजारका लागि उपयुक्त भएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

भारतीय उत्पादक पियोर कम्पनीको स्कुटी नेपाली बजारमा आएको हो । पेट्रोल तथा डिजेलको मुल्य दिनप्रतिदिन बढ्दै गएपछि इलेक्ट्रोनिक्स रिक्साप्रति आक्रर्षण र उपयोग बढ्दै गएको छ ।

नेपालका लागि ह्वाइट लोटर्स मोटर्सको अधिकृत विक्रेता तथा सुर्खेतका लागि सिबि इन्टरनेश्नल टे«डिङ कम्पनी प्रा.लि. को शोरुम उद्घाटन गरिएको छ ।

सुर्खेती दुई युवा विनोद खत्री र चरित्र कुमार विसीको संयुक्त लगानीमा शोरुम उद्घाटन गरिएको छ । नेपालभरी शाखा विस्तार गरिएकोमा सुर्खेत १४ औं शोरुम रहेको जनाइएको छ ।

कम्पनीका दुई वटा मोडलका स्कुटी बजारमा ल्याइएको छ । झट्ट हेर्दा भेस्पा जस्तो देखिने स्कुटी इप्लुटो ७ जी मोडेलको स्कुटीको दुई लाख ७५ हजार र नियो इट्रान्स मोडेलको स्कुलको २ लाख ६० हजार बजारमुल्य तोकिएको छ ।

चार घण्टामा घर तथा पसलमै पुरा चार्ज गर्न सकिने व्याट्री व्याकअप रहेको छ भने बढीमा ६० किलोमिटर प्रतिघण्टा स्पिड रहेको उक्त स्कुटीले ९० देखि १२० किलोमिटरसम्म यात्रा गर्न सकिने ह्वाईट लोटर्स मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्कीले जानकारीले दिनुभएको छ ।

बुलबुलेमा इलेक्ट्रोनिक्स स्कुटीको शाेरुम उद्घाटन

घुयँत्राे : हाम्मा मख्यमन्त्री हाम्मा कुडा जस्तै

बुलबुलेमा इलेक्ट्रोनिक्स स्कुटीको शाेरुम उद्घाटन

५० लाख बढी भ्रष्टाचार गरेको आरोपमा निमित्त

Leave a comment

Your email address will not be published. Required fields are marked *